७ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

एमालेको परराष्ट्र नीतिः ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’

नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ ।  

स्वतन्त्र परराष्ट्र नीति  र सन्तुलित वाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोगः परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हतिमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका छन् ।

‘विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रबीचको ध्रुवीकरण र विभाजनका बाहना हुनुहुँदैन । हामी के ठान्छौं भने विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गरिनुपर्छ । कुनै पनि देशले आफ्नो विचारधारा, विकास मोडालिटी वा रणनीति अरुमाथि लाद्ने प्रयास गर्नुहुँदैन । र, सबै भन्दा महत्वपूर्ण कुरा, हाम्रो संस्कृति, सभ्यता र पहिचान साथै अविकसित र विकासशील देशहरुसँग ऐक्यबद्धताको भावना केन्द्रमा रहनुपर्छ’, परराष्ट्र नीति खण्डमा उल्लेख गरिएको छ ।

राष्ट्रहरु जमिनको आकार, जनसंख्या वा आर्थिक शक्तिको आकारमा फरक हुन सकछन्, तर सबैको सार्वभौमिकता र राष्ट्रिय सम्मान समान रहेको प्रतिवेदनमा उल्लेख छ ।  

प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘हामी विवादहरुको शान्तिपूर्ण समाधानको दृष्टिकोणमा छौं, र श्रमिक वर्गको विशाल बहुमतको पक्षमा विश्व व्यवस्थालाई पुनः आकार दिन चाहन्छौं ।’

प्रकाशित: २० भाद्र २०८२ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App