१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन केन्द्रित जनप्रदर्शनको तयारीमा एमाले

नेकपा एमालेले भोलि माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । जनप्रदर्शन नाम गरेको यो कार्यक्रममा २० हजारभन्दा बढीको उपस्थितित हुने एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।  

बागमती प्रदेश कमिटीले ‍आयोजना गरेको कार्यक्रममा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथी रहनेछन् ।  

दिउँसो १२ बजे काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना हुने कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको सहभागिता रहने एमालेले जनाएको छ ।  

बागमती प्रदेश कमिटीका अनुसार कार्यक्रम आगामी निर्वाचनलाई लक्षित गरी पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र राजनीतिक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो।  

कार्यक्रममा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी र पार्टीको आगामी रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

 

प्रकाशित: ३ माघ २०८२ १७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App