२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन: मतदानको समय सर्‍यो, आज साँझ ७ बजेदेखि राति १ बजेसम्म भोटिङ

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदानको समय परिवर्तन भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका संशोधन गर्दै आज (मंगलबार) साँझ ७ बजेदेखि मात्र मतदान सुरु हुने जनाएको छ।

आयोगका सचिव डा. कुन्साङ लामाद्वारा जारी सूचना अनुसार मतदान प्रक्रिया आज साँझ ७ बजे सुरु भई भोलि (पुस २ गते) बिहान १ बजेसम्म चल्नेछ। यसअघि आयोगले आजै दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको थियो।

निर्वाचन आयोगका अनुसार आन्तरिक प्राविधिक तयारी पूरा नहुँदा मतदान पछि धकेलिएको हो। विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नामावली इन्ट्री गर्ने क्रममा क्रमसंख्या तलमाथि परेको र त्यसलाई सच्याउन समय लागेकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको आयोगले जनाएको छ।

नेतृत्व चयनका लागि ‘रामलक्ष्मण भोटिङ मेसिन’ को प्रयोग गरिँदैछ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: १ पुस २०८२ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App