२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी नहुने भएका छन्।

छोटो समयमा नै महाधिवेशन गर्नु परेकाले यस पटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

'महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ। समय कम भएकाले उहाँहरूलाई नबोलाउने निर्णय गरेका हौँ,' उनले भने, 'महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ।'

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा बोलाउने गरेको थियो। एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित: १६ मंसिर २०८२ १६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App