२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

गीतकार ममता राईको ‘पूर्वै घुमेर’ सार्वजनिक

समाजसेवी तथा गीतकार ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक भएको छ। मेलिना राई र कृष्णभक्त राईको स्वर रहेको गीतमा कृष्णभक्तकै संगीत छ। गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ छ।

गीतको भिडियोमा एलिस राई र ममता खालिङ राईको अभिनय छ। भिडियोका निर्देशक एलिस नै हुन्। भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर ग्रेडिङ छ।

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा जन्मिएकी ममता हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन्। कलाकार रोशन राई र ममता राईको निर्माण रहेको भिडियो ममता राई युटयुब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: २२ मंसिर २०८२ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App