नेकपा एमालेको ११औँ महाधिवेशनमा प्राविधिक कारण देखाउँदै मतगणना ढिला हुने भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतगणना १० बजेसम्म पनि सुरु भएको छैन।
निर्वाचन अधिकृत हेमलता जिसीका अनुसार मतगणना सुरु हुन अझै करिब २ घण्टा लाग्ने छ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन्।
नयाँ नेतृत्वका लागि भएको मतदानमा २ हजार २२७ जनाले मत खसाले भने ३६ जना अनुपस्थित भए। महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि मतदाता थिए।
३०१ केन्द्रीय सदस्यका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो। मतपरिणाम गन्न सुरु गरेको तीन घण्टाभित्र आउने अपेक्षा जनाइएको छ।
प्रकाशित: ३ पुस २०८२ १०:०९ बिहीबार





