४ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : मतगणना सुरु हुँदै, नतिजा ११ बजेभित्र आइसक्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ। भृकुटीमण्डपमा भएको मतदानपछि मतगणनाको सबै प्रक्रिया पूरा भइसकेको एमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत हेमलता जिसीका अनुसार अब केही बेरमा गणना सुरु हुनेछ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन्। ३६ जना अनुपस्थित भएका छन्। मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो।

मतगणनाका लागि ८० वटै मेसिनको फरक-फरक मुचुल्का उठाइएको उनले बताइन्। उनले गणना सुरु भएको तीन घण्टामा नतिजा आउने सक्ने आंकलन गरेकी छन्।

एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। प्यानलमा नपरेका केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।

प्रकाशित: ३ पुस २०८२ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App