२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

एमाले आत्मालोचित हुँदै रुपान्तरण अभियानमा जुट्छ: विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले आत्मालोचित हुँदै रुपान्तरण अभियानमा जुट्ने बताएका छन् । उनले फागुन २१ को निर्वाचनमा भएको पराजयको गम्भीर समीक्षा गर्दै पार्टीलाई नीति,नेतृत्व र संगठनमा पुनर्गठन गरेर अघि बढ्ने बताए ।  

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले भने, ‘आज नेकपा एमाले टाउकोमाथि हात राखेर निराश हुने क्षण होइन, हामी हाम्रा कमि कमजोरीप्रति आत्मालोचित हुँदै संगठन र कार्यशैली रुपान्तरण गरेर नयाँ ढंगले अघि बढ्नेछौं । आन्तरिक र बाह्यक परिस्थिति बुझेर आफैलाई परिवर्तन गरेर जनतामा गुमेको विश्वास फिर्ता ल्याउनेछौं । किनकी हामी सदा सदाका लागि हारेका होइनौं, एउटा चुनाव मात्र हारेका हौं ।’

उपाध्यक्ष पौडेलले यसपटकको चुनावको पराजय गम्भीर प्रकारको रहेकाले निर्मम समीक्षा गर्नुपर्ने बाध्यता रहेको बताए । उनले यसपटकको धक्का चानचुने नभएको भन्दै इतिहासकै ठूलो धक्का व्यहोरेको बताए । उनले यो धक्काबाट शिक्षा लिएर अघि बढ्ने समेत प्रष्ट पारे ।

पौडेलले २०७२ देखि २०८२ सम्मको समीक्षा गर्दा यसबीचमा २ तिहाइको शक्तिदेखि सबैभन्दा ठूलो पराजय समेत व्यहोरेकाले यसको समग्र समीक्षा हुने बताए ।

प्रकाशित: ९ वैशाख २०८३ १७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App