पूर्वप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता डा बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनका प्रखर संवाहक, वरिष्ठ नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सचिवालयले शोक वक्तव्य जारी गर्दै डा भट्टराईले २०६२।०६३ को ऐतिहासिक जनआन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै डा पाण्डेले देशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए।
उनले डा पाण्डेको निधनसँगै देशले एक निष्ठावान् बौद्धिक व्यक्तित्व, लोकतान्त्रिक मूल्य–मान्यताका दृढ पक्षधर तथा निष्कलङ्क नागरिक पहरेदार गुमाएको बताएका छन्।
डा देवेन्द्रराज पाण्डे नेपालको लोकतान्त्रिक आन्दोलन, सुशासन, आर्थिक नीति तथा नागरिक समाजको सशक्त आवाजका रूपमा परिचित थिए। विशेषगरी २०६२।०६३ को जनआन्दोलनमा नागरिक समाजको अग्रपंक्तिमा रहेर उनले लोकतन्त्र लागि योगदान गरेका थिए।
प्रकाशित: २ श्रावण २०८३ ११:४८ शनिबार



-600x400.jpg)

