२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

विष्णु पौडेललाई तुरुन्त रिहा गर्न एमालेको माग

नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तुरुन्त रिहा गर्न माग गरेको छ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेका हुन्।

उनले भने,‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍यो। गत निर्वाचनमा गाडी उपलब्धि गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन गरिएको हो। त्यसमा पनि एमालेलाई बदनाम गर्ने उद्देश्य प्रेरित पक्राउ हो।’

यस्तै, उनले प्रधानमन्त्रीले सदनमा सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे माफी माग्न र संसदबाट उक्त अभिव्यक्ति हटाउन माग गरे।

प्रकाशित: १४ असार २०८३ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App