२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ।

भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको विदेश भ्रमण रोक र स्थानहद फुकुवा गर्ने निर्णय गरेको हाे।

आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।

आइतबार जाँचबुझ आयोगले अध्यक्ष ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

प्रकाशित: २१ पुस २०८२ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App