२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा ४ सय ९१ मतदान केन्द्रबाट मतपेटिका संकलन जारी

प्रतिनिधि सभाको मतदान कार्य सम्पन्न भएलगत्तै कपिलवस्तुका ४ सय ९१ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने कार्य जारी रहेको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका मतगणना स्थलमा मतपेटिका संकलन गरिँदै छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सुरक्षाकर्मीको टोलीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृतले सुरक्षित रूपमा मतगणना स्थलमा पुर्‍याइरहेका छन्।

कपिलवस्तु क्षेत्र नम्बर १ को मतगणनास्थल बाणगंगा मावि ठकुरापुरमा, क्षेत्र नम्बर २ को कपिलवस्तु नगरपालिकामा तथा क्षेत्र नम्बर ३ को राष्ट्रिय मावि चन्द्रौटामा तोकिएको छ।

सबै मतदान केन्द्रबाट संकलित मतपेटिका राति ८ बजेसम्म मतगणना स्थलमा आइपुग्ने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए। उनका अनुसार सर्वदलीय बैठकपछि मतगणना प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।

प्रारम्भिक विवरण अनुसार कपिलवस्तुमा करिब ५८।५ प्रतिशत मतदान भएको छ। जिल्लामा कुल ३ लाख ९६ हजार २ सय ६५ मतदाता रहेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App