नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बिहान ११ बजे उक्त बैठक बस्दै छ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चौतर्फी आक्रमण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए। यस्तै हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए, जसमाथि छलफल जारी रहेको छ।
हिजाेका बैठकमा जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलबार धारणा राखिसकेपछि बैठक समापन गरिने छ। हरेक सदस्यलाई बाेल्न ३-३ मिनेटको समय दिइएकाे छ।
प्रकाशित: ६ श्रावण २०८२ ०८:५३ मंगलबार





