१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङको तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको हो। 

यसअघि यही प्रकरणमा शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका थिए।

 प्रहरीका अनुसार झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ भने अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको छ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भीडमा झण्डा जलाइएको थियो। उक्त घटनाको एमालेले विरोध गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०८२ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App