२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि क्यानडा र क्रोएसिया पठाइदिने प्रलोभन देखाएर ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डडेल्धुराका २४ वर्षीय सुरेश नाथ र संखुवासभाका ४३ वर्षीय धन बहादुर राई रहेका छन्। नाथले दुई जना पीडितबाट क्यानडा पठाइदिने भन्दै १७ लाख १ हजार रुपैयाँ र राईले एक जना पीडितलाई क्रोएसिया पठाउने प्रलोभनमा १३ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए।

पीडितहरुको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सुरेशलाई नयाँ बसपार्कबाट र धन बहादुरलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८२ २१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App