१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

विद्यार्थी संगठनका घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन्।

आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न आग्रह गर्दै आफ्नो पूर्ण समर्थन रहेको जनाएका हुन्। आज सामाजिक सञ्जालमा लेख्दै उनले भने, 'विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन छ। आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ।'

सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको बताउँदै उनले विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वहाक हुन् भने। नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको उनको भनाइ छ।

'सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो। विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन्,' विप्लवले लेखेका छन्, ‘नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ।'

यस्तै, उनले जुन संस्था र शक्तिको योगदानले परिवर्तन भए र सरकार खडा भए तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने जिकिर गरे।

‘'जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएका छन् तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ,' उनले भने।

प्रकाशित: २९ चैत्र २०८२ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App