२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तीन बुँदे सहमति

नेकपा एमाले र  प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तीन बुँदे सहमति भएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले रुकुमपूर्व, रुकुम पश्चिम र कर्णालीका हुम्ला जुम्ला बाहेकका जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने गरी तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।  

सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी पश्चिम रुकुममा उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा एमालेले मतदान गर्ने उल्लेख छ ।  

त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिला र पुरानो राप्ती अञ्चलका जिल्लामा नेकपा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको हो ।  

दुवै पार्टीले सहमतिलाई पार्टी पंत्तिमा कार्यान्वयन गर्ने समझदारी भएको छ ।  

No description available.

प्रकाशित: ११ माघ २०८२ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App