२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

न्याय नपाए गोरखा जानु भन्थे, अब विकास हेर्न गुण्डु आउनु : सचिव बस्नेत

नेकपा (एमाले)का सचिव महेश बस्नेतले विकास हेर्न भक्तपुरको गुण्डु आउन सबैलाई अनुरोध गरेका छन्। 

आइतबार नेकपा (एमाले) भक्तपुर-२ निर्वाचन परिचालन कमिटी अन्तर्गत सूर्यविनायक नगरपालिका–७ गुण्डूको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बस्न थालेका कारण अहिले सो क्षेत्र देशमा मात्र नभएर विदेशमा समेत चर्चा भइरहेको भन्दै त्यसमा गर्व महसुस भएको बताए।

सचिव बस्नेतले राम शाहको पालामा न्याय नपाए गोरखा जानु भनेको कुरा स्मरण गराउँदै आज विकास हेर्न सबैलाई गुण्डु आउन भनेका हुन्। 

सो अवसरमा उनले जेनजी आन्दोलन नियोजित भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। सचिव बस्नेतले भ्रष्टाचारको आरोपमा आफू जुनसुकै प्रकारको छानबिनका लागि तयार भएको पनि बताए। 

उनले जेनजी आन्दोलन नेपालसहित अन्य धेरै देशमा सत्ता परिवर्तन गर्न सुनियोजित रुपमा गरिएको आरोप समेत लगाए। 

प्रकाशित: २५ माघ २०८२ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App