२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सचिवालयमा अब ६ जना मात्र

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बुधबार जारी गरेको विज्ञप्तिमा अब सचिवालयमा छ जना मात्र रहने उल्लेख छ।

सचिवालयमा मुख्य सल्लाहकार एक, जनसम्पर्क सल्लाहकार एक, प्रमुख स्वकीय सचिव एक, प्रेस संयोजक एक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) एक र जनस्वास्थ्यविज्ञ (अवैतनिक) एक गरी छ जना मात्र कायम राखिएको विज्ञप्तिमा जनाइएको  छ। बाँकी सबै नियुक्ति प्रधामन्त्री कार्कीले मङ्सिर ११ गतेदेखि लागू हुने गरी खारेज गरिएका छन्।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ (एघारौँ संशोधन २०८१) अनुसार प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका ६६ जनाको दरबन्दी कायम रहेको छ। प्रधानमन्त्री कार्कीले अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएकी थिइन्। अब २० जनाबाट पनि घटेर छ जनामा सीमित हुने भएको छ।

प्रकाशित: ११ मंसिर २०८२ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App