१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशनको सभापतित्व काठमाडौंका सभापतिले गर्ने

नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन।

यही पुस २७ र २८ गते हुने विशेष महाधिवेशनको काठमाडौंस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। 

प्रकाशित: २७ पुस २०८२ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App