२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

देशभरको अवस्था भयावह: परिस्थितिको आँकलन गर्न कठिन !

जेन-जी प्रदर्शनमा भएको दमनले निम्याएको परिस्थितिले अहिले देशभरको अवस्था भयावह बनेको छ ।  

राजनीति मोड कता जान्छ आँकलन गर्न कठिन भएको छ ।  

सरकारमा सामेल दलले सरकारलाई दिएको समर्थन फिर्ता लिन थालेका छन् । सँगै मन्त्रीहरूको राजीनाको क्रम पनि सुरु भएको छ ।  

कांग्रेस एमालेका नेता कार्यकर्ताले नेतृत्वले सुझबुझको राजनीति नगरेको भन्दै सामाजिक सञ्जालबाट राजीनामा दिनेको लर्को लामै हुन थालेको छ ।  

यता निर्वाचित जनप्रनिनिधिले पनि धमाधम राजीनाको घोषणा गरिरहेका छन् ।

देशभरका प्रमुख शहरमा प्रदर्शन जारी छ । हिजो आन्दोलनमा सहभागी भएका जेन जीका सबै परिवार आन्दोलनमा होमिएका छन् ।  

विभिन्न राजनीतिक दलका नेताको घरमा आगजनी हुनेक्रम रोकिएको छैन ।  

एमाले कार्यालय च्यासल, कांग्रेसको पार्टी कार्यालय सानेपा, राष्ट्रपतिको निजी निवाससहितका स्थानमा आगजनी भएको छ ।  

यही बेलामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन् । सरकार र राज्य पक्षले गल्ती स्वीकार गरी नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठेको छ ।  

तर आफ्नो अडान यथावत रहँदा थप क्षति हुने जोखिम पनि उत्तिकै छ । यस्तो अवस्थामा सावधानी अपनाइ अघि बढ्न आवश्यक छ।  

 

 

प्रकाशित: २४ भाद्र २०८२ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App