२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भोलि प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(शुक्रबार) प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। बिहीबार सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न समय मागेको जानकारी दिएका हुन्।  

‘भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा आएको छ। सम्भवतः उहाँको चीन भ्रमणबारे जानकारी दिने उद्देश्य होला’, बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भने, ‘रास्वपा भने आफ्नै अजेन्डाअनुसार आन्दोलन गर्छ। संसदका बाँकी काम हामीले गरिरहेकै छौँ।’  

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रमबारे जानकारी भएको बताए।  

प्रकाशित: १२ भाद्र २०८२ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App