सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत पछि परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादवले राउतलाई १ हजार ५ सय २८ मतको फराकिलो अन्तरले पछि पार्दै आफ्नो अग्रता कायम गरेका हुन्।
पछिल्लो विवरण अनुसार रास्वपाका रामजी यादवले २ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका सीके राउत १ हजार २ सय २७ मतका साथ दोस्रो स्थानमा खुम्चिएका छन्।
त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेश यादव १ हजार ४५ मतसहित तेस्रो स्थानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ २२:२० शुक्रबार





