सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पछि परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीले यादवलाई ७४ मतले पछि पार्दै आफ्नो अग्रता कायम गरेका हुन्।
पछिल्लो विवरण अनुसार रास्वपाका अमरकान्त चौधरीले २ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने जसपा नेपालका उपेन्द्र यादव २ हजार ५ सय ५ मतका साथ उनलाई पछ्याइरहेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव १ हजार १ सय ८९ मतसहित तेस्रो स्थानमा छन्। जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले ३ सय ३४ र नेकपा एमालेका ताराकान्त चौधरीले १ सय ३८ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ २२:०८ शुक्रबार





