३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सरकार यिनीहरूमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु भनेर धाक लगाइरहेको छ : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले यिनीहरूमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु भनेर धाक लगाइरहेको बताएका छन्।

शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ओलीले सरकारका कर्तव्यहरू केही हुन्छन् कि हुँदैनन् भन्दै प्रश्न समेत गरे। सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे।

सोही क्रममा ओलीले हल्लाबाजहरूलाई आफूले देश छोड्न नसकिने समेत स्पष्ट पारे। उनले भने, ‘म सुनिरहेको छु, अहिले सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने, के ठानेको छ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। के सोच्या छ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।'

प्रकाशित: ११ आश्विन २०८२ १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App