कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ । शुक्रबारको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिरफारिस गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिए ।
कोशी प्रदेशको चालु अधिवेशनमा आठवटा विधेयक पारित भएको थियो । प्रदेशसभा अधिवेशन चालु रहेकै बेला गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रदेशसभा बैठक हल भएको भवन र सचिवालयको भवन जलेर खण्डहर बनेको छ ।
दुबै भवन प्रयोग गर्न नमिल्ने गरी क्षति भएकाले प्रदेशसभालाई नयाँ संरचना आवश्यक छ । सरकारले नयाँ भवनको खोजीसमेत सुरु गरेको भए पनि अझै सम्म टुंगो लागिसकेको छैन ।
प्रकाशित: १० आश्विन २०८२ १७:३० शुक्रबार





