राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालू अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए।
प्रकाशित: १५ आश्विन २०८३ १२:३९ बिहीबार





