१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले सांसद पोखरेलले भने : बालेन्द्र सरकार पञ्चायती र श्री ३ महाराज जस्तो

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले सरकारमाथि व्यंग्य गर्दै आफूखुसी ढंगले सञ्चालन भइरहेको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो। सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो र राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो। यो कस्तो सरकार हो?’

पोखरेलले सरकारलाई महाभारतकालीन जरासन्धसँग समेत तुलना गरे। उनले महाभारतमा जरासन्ध दुई आमाबाट जन्मिएको र पछि जरा नामकी राक्षसीले उनका दुई शरीरका भाग जोडिदिएको कथा सुनाउँदै उनले वर्तमान सरकार पनि ‘महाभारतकालीन जरासन्ध जस्तो देखिएको’ टिप्पणी गरे। उनले बालेन्द्र सरकार कस्तो सरकार हो भन्दै प्रश्न गरे।

प्रकाशित: १५ आश्विन २०८३ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App