१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष गिरी कांग्रेस सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन्।  

दङ्गीशरण गाउँपालिका अध्यक्षसमेत रहेका गिरीले ४७० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सञ्जय केसीले जानकारी दिए। उनका प्रतिस्पर्धी गोपाल रावतले ९९ मत प्राप्त गरे। सोही क्षेत्रको उपसभापतिमा दुर्गा ओली ३०९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी चक्र वलीले २६३ मत प्राप्त गरे। उक्त क्षेत्रका अन्य पदका लागि भएको निर्वाचनको भने अहिले मतगणना जारी छ।

यसअघि दाङ क्षेत्र नं ३ बाट हिजो लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी १५औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा  निर्वाचित भएका छन्।

प्रकाशित: १५ आश्विन २०८३ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App