राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
भोलि (शुक्रबार) दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठक बस्दैछ।

प्रकाशित: २६ चैत्र २०८२ १७:०९ बिहीबार





