३ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

डा.रमिल अधिकारीलाई उत्कृष्ट गीतकारको अवार्ड

गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सगरमाथा म्यूजिक अवार्ड हात पारेका छन् ।

गीतकार अधिकारीको वाचा गरौँ बोलको गीतले बुधबार नाचघरमा सम्पन्न सातौँ सगरमाथा म्यूजिक अवार्डको उत्कृष्ट गीतकारको अवार्ड हात पारेका हुन् ।

यसअघि म्यूजिक खबर अवार्ड र राष्ट्रिय राप्ती म्यूजिक अवार्ड बिजेता डाक्टर अधिकारीको तेस्रो राष्ट्रिय स्तरको अवार्ड हो ।

‘वाचा गरौँ’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने गीतमा ज्ञानेन्द्र गिरीले सङ्गीत भरेका छन् ।

डा.अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन् ।

हाल न्यूजल्याण्डमा रहँदै आएका गीतकार अधिकारीका गीतलाई दर्शकले रुचाएका छन् ।

प्रकाशित: २६ चैत्र २०८२ १६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App