१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रयोगविहीन भवनको सदुपयोग गरौँ: सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला लगायत नेपाल  भरी  प्रयोगविहीन अवस्थामा रहेको बताइन् ।  

उनले भनिन्, ‘नेपालका विभिन्न ठाउँको भिउटाव भवन लगायत प्रतिफल तथा विना दिगोपनको पुर्वधार देखेका छै । लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला मधेस प्रदेश लगायत नेपाल भरी धेरै छन् । त्यस्ता प्रयोगमा न आएका भवन तथा पूर्वदारहरू उचित समयमा सदुपयोग गर्न आवश्यक छ ।’  

उनले सरकारलाई यस्ता भवन तथा पूर्वाधारहरूको व्यवस्थापन तथा सदुपयोगमा ल्याउन आग्रह गरिन् ।

 

प्रकाशित: २५ चैत्र २०८२ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App