२९ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

निर्धारित समयभन्दा ६ घण्टापछि सुरु भयो एमाले महाधिवेशनको बन्दसत्र

नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । निर्धारित समयभन्दा झण्डै ६ घण्टापछिमात्र केहीबेर अघि भृकुटिमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।  

आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । केन्द्रीय कमिटीको बैठक लम्बिँदा बन्द सत्रको समय पटक–पटक सरेको थियो। सुरुमा १२ बजे तय गरिएको बन्द सत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेलाई सारिएको थियो ।  

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूले खाना खाएपछि बन्द सत्र भएको हो । बन्दसत्रमा २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।  

 

प्रकाशित: २८ मंसिर २०८२ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App