गत भदौ २४ गतेको जेनजी आन्दोलनमा पूर्णरुपमा क्षतिग्रस्त प्रहरी वृत्त बौद्धको भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरीएको छ। प्रहरी वृत्त बौद्ध चौकी पूनर्निर्माण समितिले सो भवनको र्निर्माण गरेको हो।
स्थानीय बौद्धबासीको पहलमा विभिन्न संघसंस्था तथा व्यक्तिद्वारा रकम संकलन गरि सो भवनको पूनर्निमाण गरिएको हो। भवनको आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी परिसर काठमाडौंका प्रमुख बरिस्ठ प्रहरी उपरीक्षक रमेश थापा, प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष कार्की एवम् गोकर्णेश्वर नगर प्रमुख दीपक रिसाल, काठमाडौं महानगपालिका वडा नं ६ का अध्यक्ष भुवन लामा लगायतको उपस्थिति थियो।
सोही अवसरमा भवन निर्माणका लागि करिव १ करोड खर्च लागेको निर्माण समितिका कोषाध्यक्ष सोनम लामाले जानकारी दिए।
भवन उद्घाटन कार्यक्रममा प्रहरी वृत्त बौद्धले पूनर्निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान समेत गरेको थियो।
प्रकाशित: २८ मंसिर २०८२ १५:४८ आइतबार





