नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई विद्यालयको ढोका बाहिर राख्नुपर्ने बताएका छन्।
सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११औं जन्मजयन्तीका अवसरमा बोल्दै शिक्षकले विद्यालयभित्र राजनीतिक आस्था राख्न नहुने बताएका हुन्।
'शिक्षकले विद्यालयमा प्रवेश गर्नासाथ राजनीतिक आस्थालाई विद्यालयको गेटभन्दा बाहिर राख्नुपर्छ,' महामन्त्री थापाले भने, 'शिक्षा क्षेत्रको विकासका लागि सबैले उत्तिकै ध्यान दिनुपर्छ।'
महामन्त्री थापाले प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको योगदानको स्मरण गर्दै अजयबाबु शिवाकोटीले फाउन्डेशन नै खोलेर नन्दप्रसादको योगदानलाई स्मारिका प्रकाशन गरी सार्वजनिक गरेकामा प्रशंसा गरे।
उनले कांग्रेसले चुनाव जिते वा हारे पनि कांग्रेस राष्ट्रिय शक्ति भएकाले समयक्रमअनुसार कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो औंल्याए। रासस
प्रकाशित: ४ भाद्र २०८२ २१:५६ बुधबार





