२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी समूहसँगको वार्ता निष्कर्षविहीन

सरकार र जेन-जी समूहका प्रतिनिधिबीच शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूसँगको छलफलपछि कुनै निष्कर्ष निकाल्न नसकेको वार्ता सोमबार फेरि बस्ने गरी स्थगित भएको छ।

वार्तामा सहभागी जेन-जी समूहका प्रतिनिधि प्रवेश दाहालले नागरिकसँग कुरा गर्दै आजको छलफलमा घाइते र शहीद परिवारसहित मन्त्रीमण्डल कुन आधारमा सिफारिस गरियो भन्ने विषयमा छलफल भएको बताए ।  

सरकारसँगको छलफलपछि मन्त्रीमण्डल गठन गर्न पछिल्लो समय चर्चामा आएका चार जना व्यक्तिको नाम पनि आधिकारिक नभएको जानकारी प्राप्त भएको उनले बताए ।

प्रकाशित: २५ आश्विन २०८२ १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App