१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपालाई खुलेर समर्थन गर्दै स्वस्तिमा र वर्षा

वर्तमान समयमा चुनावी गतिविधि तीब्र बनेको छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म निर्वाचन र चुनावका चर्चा  चुलिएको हो । चुनावलाई लिएर सबै क्षेत्रका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत् आ–आफ्नो धारणा पनि सार्वजनिक गर्दैछन् ।  

यही सामाजिक सञ्जालमा अभिनेत्री स्वस्तिमा खड्का र वर्षा राउतले खुलेरै रास्वपालाई समर्थन गरेका छन् ।  

अभिनेत्री स्वस्तिमा मंगलबार रास्वपाका वरिष्ठ नेता बालेन शाहसहितको र्‍यालीको फोटो सार्वजनिक गर्दै लेख्छिन्–‘जब देश निर्माणका लागि नागरिक एकजुट हुन्छन्, पार्टीको भन्दा देशको झन्डा देखिन्छ।’ साथै उनले नेपालको झन्डाको र रास्वपाको चुनाव चिह्न घण्टीको इमोजी राखेर खुला तरिकाले रास्वपालाई समर्थन गरेकी छिन्।  

अभिनेत्री वर्ष राउतले पनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै  ‘घण्टी बज्यो, घण्टी बज्यो मनको’ भन्दै गीत गाएकी छिन्। उनको उक्तm गीतले सामाजिक सञ्जाल प्रयोगकर्ताले स्पष्ट रास्वपालाई समर्थन गरेको भन्दै प्रतिक्रिया जनाएका छन्।

वर्षा राउतले हालै बलिउड चलचित्र ‘रिमझिम गिरे सावन’ का लागि अनुबन्धित भएकी छिन्।

प्रकाशित: ७ माघ २०८२ १८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App