२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सूर्य थापा भन्छन्ः सुशीला कार्की र ओमप्रकाश अर्याल चुनाव गराउन चाहदैनन्

नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री  सुशीला कार्की र गृह मन्त्री ओमप्रकाश अर्यालले चुनाव गराउन नचाहेको बताएका छन्।  केपी शर्मा ओली सहितका नेताहरुलाई पक्राउ गर्न गैरकानुनी आदेश दिएको भन्दै उनले यस्तो आरोप  लगाएका हुन्।  

‘सुशीला कार्की र ओमप्रकाश अर्याल चुनाव गराउने प्राणी होइनन्। यिनका कामको आजीवन फेहरिस्तले बताउँछ, चुनाव फोविया, ‘थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्।लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन।’

चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसकेको बताउँदै उनले  गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन  हुने बताए।

प्रकाशित: २३ आश्विन २०८२ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App