६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिक

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०/२२’ (राष्ट्रिय भू–ढकान नक्सा) आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरेका छन्।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित यो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए।

यो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताए। उनले वनबाट कमाउने अभियान र वनमासबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए।

सार्वजनिक भएको यो नक्सामा उल्लेख भएअनुसार देशभर जङ्गलको क्षेत्र ४६.०८ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८.६२ प्रतिशत रहेको छ। रासस

प्रकाशित: ६ श्रावण २०८२ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App