३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै, सिरहाबाट चुनाव लड्ने तयारी

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिने भएका छन्। गत कात्तिक ९ गते खेलकुद मन्त्री भएका गुप्ताले राजीनामा दिने भएका हुन्।

राजीनामा दिएर सिरहा १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको उनीनिकट स्रोतले नागरिकन्युजलाई जानकारी दिएको छ।

स्रोतका अनुसार उनले भोलिसम्म राजीनामा बुझाउने भएका छन्।

'मन्त्रीज्युले आजै नभए भोलि राजीनामा बुझाउने तयारी गर्नु भएको छ,' स्रोत भन्छ।

प्रकाशित: ५ माघ २०८२ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App