२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

संसद् भवन जलेको ९ दिनपछि अवलोकनमा निस्किए सभामुख

 जेन-जी प्रदर्शनपछि गुमनाम बनेका विघठित प्रतिनिधि सभाका सभामुख बिहीबार देखिएका छन् ।

बुधबारमात्रै नागरिक दैनिकले गुमनाम भएका सभामुखको खोजी गर्दै ‘कहाँ छन् सभामुख ?’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यो समाचारका विषयमा दर्शक स्रोताले धेरै कमेन्ट गर्दै सभामुखको खोजी गरेका छन् ।  

बिहीबार भने सभामुख एकाएक जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गर्न निस्किए ।  

उनी संसद् भवन जलेको नवौँ दिनमा मात्र जलेको संसद् भवन हेर्न आइपुगेका हुन् । अर्थात आन्दोलनपछि एक राष्ट्रिय सभाका अध्यक्ष र सभामुखको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्नुबाहेक विगठित प्रतिनिधि सभाका सभामुख सार्वजनिक भएकै आज हो भन्दा हुन्छ ।

अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायतका सांसदहरु पनि सहभागि थिए । 

प्रकाशित: २ आश्विन २०८२ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App