१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं- ४ः विभिन्न दलका ८३ युवा कांग्रेसमा प्रवेश

काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न दल आबद्ध ८३ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार एक कार्यक्रमबीच क्षेत्र नम्बर ४ का उम्मेदवार सचीन तिमिल्सेनाले उनीहरूलाई पार्टी प्रवेश गराए ।  

नवप्रवेशी युवा प्रकाश डंगोलले लामो समय अरुलाई हेरेको भएपनि युवाहरुको भावना बुझ्ने उम्मेदवारलाई साथ दिन कांग्रेसमा प्रवेश गरेको बताए ।  

अर्का नवप्रवेशी भुवन श्रेष्ठले भने, 'अहिलेको राजनीतिमा आश्वासन भन्दा पनि डेलिभरी मुख्य कुरा हो । सचिन जीको भिजन र क्षेत्रप्रतिको लगाव देखेर हामी प्रभावित छौं । यो क्षेत्रको विकास र युवा रोजगारीका लागि उहाँको विकल्प छैन, त्यसैले हामी आजैबाट चुनावी मैदानमा खटिने छौं ।'  

नवप्रवेशी युवाहरुलाई स्वागत गर्दै उम्मेदवार तिमल्सेनाले चुनावी माहोल निकै रोचक र उत्साहजनक मोडमा पुगेको बताउँदै युवाहरुको साथले आफूलाई थप उर्जा मिलेको उल्लेख गरे।  

उनले भने,'हामी केवल नारामा मात्र सीमित हुने छैनौं । युवाहरुको क्षमतालाई राष्ट्र निर्माणमा जोड्ने र खेलकुद तथा प्रविधिको माध्यमबाट यो क्षेत्रलाई नमूना बनाउने मेरो संकल्प छ । तपाईँहरुको यो विश्वासलाई म टुट्न दिने छैन, अबको समय काम गरेर देखाउने समय हो ।'

प्रकाशित: १६ फाल्गुन २०८२ १८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App