१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गगन थापाले गरे कोशी–मधेशका नेतासँग सुरक्षा अवस्थाबारे छलफल

नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशका पार्टी नेता तथा जनप्रतिनिधिसँग प्रदेशको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेका छन्।

पार्टी स्रोतका अनुसार बैठकमा काठमाडौंमा रहेका पदाधिकारी र केन्द्रीय सदस्य प्रत्यक्ष रूपमा सहभागी भएका थिए भने कोशी र मधेश प्रदेशका प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति तथा पालिका तहका नेतृत्वले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए।

बैठकमा विशेषगरी मधेश प्रदेशका केही क्षेत्रमा देखिएको असुरक्षा, हिंसात्मक गतिविधिको प्रभाव तथा स्थानीय बासिन्दाको दैनिकीमा परेको असरबारे समीक्षा गरिएको बताइएको छ।

साथै, शान्ति–सुरक्षा सुदृढ बनाउने, स्थानीय प्रशासनसँग समन्वय बढाउने र नागरिकमा विश्वास कायम गर्ने विषयमा समेत सुझाव आदानप्रदान भएको जनाइएको छ।

सभापति थापाले प्रदेशका नेताहरूलाई स्थानीय अवस्थाबारे नियमित जानकारी उपलब्ध गराउन र समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्न आग्रह गरेको बताइएको छ।

प्रकाशित: १५ श्रावण २०८३ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App