सुनसरीबाट सुरु भएको दुई समुदाय बिचको झडपको प्रभाव मधेस प्रदेशका सप्तरीदेखि पर्सासम्म फैलिएको देखेर त्यसलाई साम्य बनाउन नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरीको प्रधान कार्यालयले एआइजीदेखि एसएसपीसम्मलाई मधेसमा खटाएको छ।
शुक्रबार खटाइएका उनीहरू आफ्नो कार्य क्षेत्रमा पुगेर स्थिति साम्य बनाउन सम्बन्धित निकाय, समुदाय र व्यक्तिहरूसँग छलफल समेत सुरु गरेका छ्न। बारा र पर्सामा समन्वय गर्न प्रहरी प्रधान कार्यालयले खटाएका एसएसपी होबिन्द्र बोगटी वीरगन्ज पुगेर छलफलमा जुटेका छ्न्।
बोगटी प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए। त्यसैगरी नेपाल प्रहरी र सशस्त्रका कार्य विभाग हेर्ने दुई एआईजी जनकपुर खटिएको बताइएको छ।
सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पुगेर स्थिति साम्य बनाउन गृहकार्यमा जुटेको बताइएको छ।
प्रकाशित: १५ श्रावण २०८३ १२:४७ शुक्रबार




-600x400.jpg)
