१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

शेखर भन्छन्ः किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद्

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले किसान सडक आन्दोलनमा आउन बाध्य हुनु अत्यन्त दुखद भएको बताएका छन् । कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै नहुने बताउँदै  कोइरालाले किसानको माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन्। 

‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र?,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पुरा गरौँ।’

खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ ? भन्ने प्रश्न कोइरालाले उठाएका छन्। 

प्रकाशित: १० भाद्र २०८२ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App