नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओरालो अवस्थामा रहेको देशको अर्थतन्त्र केपी शर्मा ओली प्रधानमन्त्री भएपछि लयमा फर्किएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा ओरालो लागेको देश अहिले अगाडि बढेको दाबी गरेका हुन्।
‘प्रचण्ड जी प्रधानमन्त्री हुँदा शिक्षक कर्मचारीले तलब नपाउने अवस्था थियो। राजस्व घटिरहेको थियो,’ महासचिव पोखरेलले भने, ‘निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाउने अवस्था थियो। उद्योग व्यवसाय बन्द हुने अवस्थामा थियो।’
देश आर्थिक मन्दी र संकटको अवस्थामा पुगिसकेको पनि उनले बताए। ‘तर अहिले यो सरकार बनेपछि राजस्व बढेको छ, सरकारको खर्च गर्ने क्षमता बढेको छ। शिक्षक कर्मचारीले तलबको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ पोखरेलले भने।
अहिले नेपाली कांग्रेस र एमालेले अघि सारेका नीतिगत सुधारका कामले निजी क्षेत्र उत्साहित भएको, देशमा लगानीको वातावरण बनेको र व्यवसायी प्रेरित भएर लगानी गरिरहेको उनले बताए।
प्रकाशित: ७ भाद्र २०८२ १३:५५ शनिबार





