नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ दल दर्ता गरेका छन् । उनले समुन्नत नेपाल पार्टी नामाकरण गरी दल दर्ता गर्न निर्वाचन आयोग पुगेका हुन् ।
खनालकै नेतृत्वमा रहेको दलमा बालकृष्ण पण्डितलगायतका ३५ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।
आइतबार नै दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो । आज खनाल स्वयम् गएर निवेदन संशोधन गर्दै अध्यक्षमा आफ्नो नाम राखेका छन् ।
दलको अध्यक्ष खनाल पण्डितको पद महासचिव राखिएको छ । खनालले नयाँ दलमा पूर्व सुरक्षा अधिकारीहरुको ठूलो समूह जोडिने दावी गरेका छन् ।
नागरिकका मुद्दा सम्बोधन गर्ने गरी आफ्नो पार्टीले काम गर्ने र निर्वाचनको तयारी सुरु गर्ने खनालको दावी छ ।
प्रकाशित: १ मंसिर २०८२ १७:३८ सोमबार





