२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

नियमावली समितिकाे प्रतिवेदन सभामुख अर्याललाई हस्तान्तरण

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको मस्यौदा प्रतिवेदन सभामुख डोलप्रसाद (डिपी) अर्याललाई बुझाइएकाे छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको समितिले संसद्को कामकारबाहीलाई चुस्त बनाउन आवश्यक नियमावलीको मस्यौदा तयार पारेर सभामुख अर्याललाई बुझाएकाे हाे । 

प्रतिनिधिसभाको बैठकले गत चैत २३ मा रास्वपाका सांसद पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो ।

समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन् ।

प्रकाशित: ८ वैशाख २०८३ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App