राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छान्ने भएको छ । यसका लागि पर्सि बुधबारदेखि आवेदन दिन रास्वपाले आह्वान गरेको छ ।
उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोगको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई रास्वपाले बुधबार बिहान १० देखि साउन २१ गते बेलुका ५ बजेसम्म दरखास्त दिन भनेको छ ।
रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सक्नु हुनेछ ।’
रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित: ५ श्रावण २०८२ १८:४३ सोमबार





-600x400.jpg)