४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

फिफा अध्यक्ष भन्छन् : मुख छोपेर बोल्ने खेलाडीलाई मैदानबाट निकाल्नुपर्छ

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले खेलमा विपक्षी खेलाडीसँग कुरा गर्दा मुख छोप्ने खेलाडीलाई मैदानबाट निकाल्न सकिने बताएका छन्।

यो कुरा बेन्फिकाका जियानलुका प्रेस्टियानीमाथि भिनिसियस जुनियरलाई जातीय दुर्व्यवहार गरेको आरोपपछि आएको हो। गत महिना च्याम्पियन्स लिगमा प्रेस्टियानीले शर्टले मुख छोपेर केही भनेको आरोप लागेको थियो।

शनिबार अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी) को बैठकमा यो विषय उठेको थियो।

‘यदि कुनै खेलाडीले आफ्नो मुख छोपेर केही भन्छ भने, यसले जातिवादी परिणाम निम्त्याउँछ भने उसलाई मैदानबाट निकाल्नुपर्छ’, इन्फान्टिनोले स्काई न्यूजलाई भने।

प्रेस्टियानीलाई युइएफएले अनुसन्धान नसकिँदासम्म च्याम्पियन्स लिगको दोस्रो लेगमा अस्थायी निलम्बन गरेको छ। दोषी ठहरिए १० खेलको प्रतिबन्ध हुन सक्छ।

उनले भिनिसियसलाई जातीय दुर्व्यवहार गरेको अस्वीकार गरेका छन्।

प्रकाशित: १८ फाल्गुन २०८२ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App